काठमाण्डौ । इटालीको एक हिमालबाट हिमपहिरो खस्दा ६ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतवार दिउँसो खसेको हिमपहिरोमा परी ८ जना घाइते भएको रोयटर्सले जनाएको छ।
३ हजार ३०० मिटर अग्लो मरमोलदा हिमालबाट उक्त हिमपहिरो खसको थियो।
घटनामा परी ज्यान गुमाउनेहरुमा हाइकरहरु रहेको बताइएको छ। घाइतेहरुलाई नजिकैको अस्पताल भर्ना गरिएको बताइएको छ।
थप उद्धारका लागि हेलिकप्टर र कुकुरको प्रयोग गरिएको छ। उक्त क्षेत्रमा अझै १० जना मानिसहरु हराइरहेको छ।
पहिरोको समयमा उक्त क्षेत्रमा कति हाइकर थिए भनेर यकिन गर्न नसकिएको बताइएको छ । तापक्रम बढेका कारण उक्त हिमपहिरो खसेको अनुमान गरिएको छ।