उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

न्युजलय २६ भदौ २०७९, आइतबार १२:२८ मा प्रकाशित

काठमाडौं । उत्तरपूर्वी मेक्सिकोमा सडक दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

तामाउलिपासको राजमार्गमा ट्रकले बसलाई ठक्कर दिँदा शनिबार कम्तीमा १८ जनाको मृत्यु भएको राज्यको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । बस क्यास्टानुएलास टुर्स कम्पनीको रहेको जनाइएको छ ।

दुर्घटनापछि ट्रकका चालक फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटनाको अनुसन्धान गर्न राजमार्ग बन्द गरिएको छ ।