दक्षिण कोरियामा बढीका कारण ९ जनाको मृत्यु

न्युजलय २५ साउन २०७९, बुधबार ०३:१९ मा प्रकाशित

काठमाण्डौ । दक्षिण कोरियाको राजधानी सियोलमा बाढीमा कारण नौ जनाको मृत्यु भएको छ । मौसम पूर्वानुमानकर्ताहरूले दक्षिण कोरियामा थप वर्षा हुने चेतावनी दिएका छन्।

मुसलधारे वर्षा बुधवार भने कम भएको छ । वर्षा कम भए पनि अझै पानी पर्ने पूर्वानुमानकर्ताहरूले चेतावनी दिएका छन् ।

दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयका अनुसार बाढीमा १७ जना घाइते र कम्तीमा सात जना बेपत्ता रहेका छन् ।

सोमबार राति सियोलमा भारी वर्षापछि ५०००० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।