भारतमा कोरोना सङ्क्रमण वृद्धि

न्युजलय १८ साउन २०७९, बुधबार ०३:४६ मा प्रकाशित

 काठमाण्डौ । बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार १३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार १४४ पुगेको छ । 

देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी १९ हजार ८२३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ८३ तीन हजार ६१० पुगेको छ ।

मङ्गलबार २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार ४७७ जनाको मृत्यु भएको छ ।