काठमाडौँ । अफ्रिकी मुलुक नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा केही दिनयता जारी सुरक्षा कारवाहीमा परेर कम्तीमा पनि ३१ जनाको ज्यान गएको छ ।
त्यहाँका सुरक्षा अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् ।
ती अधिकारीहरुका अनुसार गएका केही दिनयता भएका कारवाहीका क्रममा कम्तीमा पनि ३१ जना बोको हरामका लडाकु मारिएका हुन् ।
नाइजेरियाली सेनाको समन्वयमा त्यहाँका सबै सुरक्षा निकायहरुले बोको हरामका लडाकुहरुमाथि कारवाही गरेका हुन् ।
सो कारवाहीका क्रममा अरु ७० जना लडाकु पक्राउ परेका र कैयौँ हातहातियार पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।
यसक्रममा बोको हरामका केही लडाकु घाइते भएका छन् भने तीन सयभन्दा बढीले आत्मसर्पण गरेको जनाएका छन् ।