काठमाडौं । स्वीडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले आइतबारको निर्वाचनको नतिजापछि राजीनामा दिने बताएकी छिन् । म्याग्डालेना एन्डरसनको सेन्टर-लेफ्ट गठबन्धन दक्षिणपन्थी पार्टीहरूसँग न्यून अन्तरले पराजित भएसँगै उनले राजीनामा दिने बताएकी हुन् ।
अब नरमपन्थी दलका नेता उल्फ क्रिस्टर्सनले नयाँ सरकार बनाउने सम्भावना बढेको छ । क्रिस्टर्सनले सरकार गठनको सुरुवात गर्ने बताएका छन् ।
अन्तिम नतिजाका लागि पुनः दोस्रोपटक मतगणना भइसकेको छैन । स्वीडेनमा दोस्रोपटक पनि मतगणना गर्ने प्रचलन रहेको छ ।
एन्डरसनले बुधबार एक पत्रकार सम्मेलनमा पुनः गणना अघि नै पराजय स्वीकार गरेकी छिन् । उनले बिहीबार आधिकारिक रूपमा राजीनामा दिनेछिन् ।