ब्राजिलमा कन्टेनर डिपो भत्कँदा नौ जनाको मृत्यु

न्युजलय ५ असोज २०७९, बुधबार १२:१६ मा प्रकाशित

काठमाण्डौ । ब्राजिलको दक्षिणपूर्वी राज्य साओपाउलोको इटापेसेरियाका दा सेरा सहरमा कन्टेनर डिपोको एउटा भाग भत्कँदा नौ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् ।

दुर्घटनाका बेला करिब ६४ जना कर्मचारी कन्टेनरमा रहेका त्यहाँको वारुणयन्त्र विभागले जनाएको छ । भग्नावशेषबाट  घाइतेहरूको उद्धार गरिएको बताइएको छ ।

यही असोज १६ गते हुने स्थानीय उपप्रमुखका दुई स्थानमा हुने निर्वाचनमा भोट माग्न उम्मेदवारद्वय एली सान्तोस र जोन्स डोनिटजले प्रचार अभियानका क्रममा डिपोका कर्मचारीसँग परामर्श गरेका थिए । 

डिपोमा जम्मा भएका कामदारले उनीहरूलाई बिदाइ गरिरहँदा ढलानको संरचनाको भाग भत्केर दुर्घटना भएको सरकारी अधिकारीहरूले बताएका छन् ।