दुबईमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपालीको मृत्यु

न्युजलय २५ भदौ २०७९, शनिवार ०८:५५ मा प्रकाशित

काठमाडौं । दुबईमा आफ्नै साथीले छुरा प्रहार गर्दा एक जना नेपालीको मृत्यु भएको छ।

 

रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीबाट छुरा प्रहार हुँदा मृत्यु भएको हो। 


आबुधाबी अलदाफ्रास्थित ‘एएमबि हेरटेल एलएलसी’ नामक कम्पनीमा कार्यरत ढकाललाई बाग्लुङको निसीखोला गाउँपालिका–६, निसीका दिलबहादुर बुढाले छुरा प्रहार गरेका हुन्। 


आबुधाबीस्थित नेपाली राजदुतावासका अनुसार उपचारका लागि अस्पताल लैजाने क्रममा ढकालको मृत्यु भएको हो। गत २ सेप्टेम्बर राती बुढाले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका थिए।