काठमाडौं । रुसले युक्रेनको रेल्वे स्टेशनमा रकेट आक्रमण गर्दा २२ जनाको मृत्यु भएको छ । रकेट आक्रमणसँगै रेलमा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले उक्त आक्रमणमा करिब ५० जना घाइते भएको जानकारी दिएका छन् । रुसले भने आक्रमण सम्बन्धमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
अमेरिकाले सतर्कता अपनाउन चेतावनी दिएसँगै युक्रेनले स्वतन्त्रता दिवसको कार्यक्रमसमेत स्थगित गरेको थियो । पछिल्लो ६ महिनादेखि जारी युद्धका क्रममा ९ हजार युक्रेनी सेनाको मृत्यु भएको छ । साथै आधा जनसंख्या देश छाडेर अन्यत्रै पलायन भएको छ । यता रुसी सेनाको २० भन्दा बढी कमान्डर मारिएका छन् ।