आतङ्कवादीसँगको झडपमा ५ पाकिस्तानी सैनिकको मृत्यु

न्युजलय २१ भदौ २०७९, मङ्गलबार ०३:१८ मा प्रकाशित

काठमाडौँ । पाकिस्तानमा पाँच सैनिकको मृत्यु भएको छ । 

पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लाको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

गोप्य सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारवाही गर्दा चार जना आतङ्ककारी पनि मारिएको पाकिस्तानी सेनाको अन्तरसेवा सार्वजनिक सम्बन्ध अर्थात् इन्टर सर्भिसेस पब्लिक रिलेसन्सले जनाएको छ ।

उक्त स्थानबाट हातहतियार पनि बरामद भएको जनाइएको छ । मारिएका आतङ्ककारीहरु सुरक्षा फौज एवम् निर्दोष नागरिकको हत्यामा सक्रिय रूपमा संलग्न रहेको आईएसपीआरले जनाएको छ ।