भारतमा पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढी कोरोना संक्रमित थपिए

न्युजलय १२ साउन २०७९, बिहिबार ०३:५३ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

विगत तीन दिनसम्म कोरोना सङ्क्रमितको यो सङ्ख्या २० हजार भन्दा कम रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाख ५९ हजार तीन सय २१ पुगेको छ । देशभर एक लाख ४६ हजार तीन सय २३ सक्रिय सङ्क्रमित छन् ।

कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४४ जनाको मृत्यु भएको छ ।