बुल्गेरियामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

न्युजलय २१ साउन २०७९, शनिवार ०६:५१ मा प्रकाशित

काठमाडौं । बुल्गेरियामा आज (शनिबार) बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान करिब २ बजे राजधानी सोफियाबाट २५० किलोमिटर उत्तरपूर्वमा रहेको क्रुशेटो गाउँ नजिकै भएको थियो ।


रोमानियामा दर्ता भएको बसले सडकको छेउमा रोकिएको कारलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । बसमा सवार तीन यात्रुको घटनास्थलमै र चौथोको अस्पतालमा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।


मृतक चार जनामध्ये तीन जना रोमानियाली र एक जना टर्कीका नागरिक थिए । उक्त दुर्घटना हुँदा कारमा कोही पनि सवार थिएनन् भने बसमा २४ यात्रु र दुई चालक थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।