एजेन्सी । दक्षिण अफ्रिकाको बेरोजगारी दर घट्दै गएको छ । यस वर्षको दोस्रो त्रैमासिकमा ३३.९ प्रतिशतमा झरेको छ। यो अघिल्लो त्रैमासिकको ३४.५ प्रतिशतको तुलनामा ०।६ प्रतिशत बिन्दुले कम हो ।
यो नतिजाले सन् २०२२ को पहिलो त्रैमासिकदेखि २०२२ को दोस्रो त्रैमासिकको बीचमा छ लाख ४८ हजार रोजगारी सिर्जना भएको देखाउँछ ।
यहाँको १५ देखि ३४ वर्ष उमेर समूहका बेरोजगारको सङ्ख्या दोस्रो त्रैमासिकमा ४८ लाख पुगेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा २ प्रतिशतले बढी हो । वरिष्ठ अर्थशास्त्री डेवी रूटले सिन्ह्वासँग बताएअनुसार महामारीको कारण भएको लकडाउनबाट मुक्त हुँदै गर्दा कम्पनीहरूले नयाँ कर्मचारीको भर्ना गरिरहेका छन् ।