अफगानिस्तानमा बम विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

न्युजलय ४ कार्तिक २०७९, शुक्रबार ०८:२९ मा प्रकाशित

काठमाडौं । पश्चिमी बाघिस प्रान्तमा विगतका युद्धहरूबाट बाँकी रहेको अनफोडेड अर्डनन्सको विस्फोटका कारण तीन बालबालिकाको मृत्यु भएको छ ।


स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे मुकार जिल्लाको नवावाद क्षेत्रमा केही बालबालिकाले फोहोर जम्मा गर्ने क्रममा खेलौनाजस्तो यन्त्र फेला  पारेको र त्योसँग खेल्दा विस्फोट भई तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। काला–ए–नाउ अस्पतालका अजमल आतेफ नामका डाक्टरले शुक्रबार बिहान भएको विस्फोटमा ८ देखि १२ वर्षसम्मका तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्।