काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने बताएका छन् । श्रीलंककाका संसदका सभामुख महिन्दा यापा अभयवर्धनले राष्ट्रपति राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने बताएका हुन् ।
प्रदर्शनकारीहरूले शनिबार बिहान गोटाबाया राजापाक्षेको घरमा तोडफोड गरेका थिए। त्यसपछि साँझ अबेर उनले प्रधानमन्त्री विक्रमासिङ्घेको घरमा पनि आगजनी गरेका थिए । यसअघि प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि आफू राजीनामा दिन तयार रहेको बताएका थिए । प्रधानमन्त्री विक्रमासिङ्घेले भने शनिबारै राजीनामा दिइसकेका छन् ।