काठमाण्डौ । भारतको बिहारमा बितेका २४ घण्टामा चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ।
कृषिमा व्यस्त भएका बेलामा उनीहरूको ज्यान गएको हो । बिहारका १० जिल्ला पूर्णिया र अररियामा चार–चार जना, सुपौलमा तीन, बाङ्का, जमुई र नवादामा दुई–दुई तथा बेगुसराय, शेखपुरा, शारण र सहरसामा एक–एक जनाले ज्यान गुमाएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
यसैबीच, विहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारू चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेका छन्।