काठमाण्डौ । चार्ल्स तृतीय औपचारिक रुपमा बेलायतको नयाँ राजा घोषित भएका छन्।
सेन्ट जेम्स प्यालेसमा पदारोहण परिषदको उपस्थितिमा उनी राजा भएको घोषणा गरिएको हो। सो परिषद्मा शाही परिवार, प्रधानमन्त्रीलगायत सदस्य हुन्छन्।
घोषणापछि त्यसमा हस्ताक्षर गरिएको छ। समारोहमा पूर्वप्रधानमन्त्रीहरु गोर्डन ब्राउन, ठरिसा मे, डेविड क्यामरुनलगायत उपस्थित थिए।
दस्तावेजमा हस्ताक्षरअघि सो स्थानमा उपस्थित करिब २ सय गन्यमान्यले ‘गड सेभ द किङ’ भनेका थिए।