जापानमा एकैदिन थपिए २ लाख ५० हजार बढी कोरोना सङ्क्रमित

न्युजलय ३ भदौ २०७९, शुक्रबार ०८:२६ मा प्रकाशित

काठमाडौं । जापानमा पछिल्लो समय २ लाख भन्दा बढी कोरोना संक्रमित फेला परेका छन्।


जापानमा एकै दिनमा २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोभिड १९ को सङ्क्रमण देखिएको जापानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ४ लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

 

यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो। यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो।


यस्तै पछिल्लो २४ घन्टामा जापानमा २ लाख ४४ हजार २४१ जना संक्रमणमुक्त भएका छन्।  

 

कोभिडका कारण देशभर एकै दिनमा २ सय ८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र बिहिबार २७ हजार ४ सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् ।


जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड १९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैय्या पाउन कठिन भएको बताएका छन्। 


हाल जापानमा सक्रिय संक्रमितको संख्या २१ लाख ५२ हजार ३३६ जना छन्। जापानमा हालसम्म ३५९२७ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ।


यसैबीच, पछिल्लो २४ घन्टामा दक्षिण कोरियामा १ लाख ८० हजार ६५२ जनामा संक्रमण देखा परेको छ। योसँगै दक्षिण कोरियामा १९ लाख ८० हजार ३१३ जना संक्रिय संक्रमित रहेका छन्।