काबुलको एक ट्युसन सेन्टरमा आत्मघाती आक्रमण हुँदा परीक्षार्थीसहित १९ जनाको मृत्यु

न्युजलय १५ असोज २०७९, शनिवार ०८:२७ मा प्रकाशित

काबुल । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा ट्युसन सेन्टरमा आत्मघाती आक्रमण हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ।


आक्रमणमा अधिकांश महिला विद्यार्थी, प्रहरी र प्रत्यक्षदर्शी छन्। सहरको पश्चिममा रहेको दस्त–ए–बर्ची क्षेत्रमा रहेको काज शिक्षा केन्द्रमा भएको झडपमा अन्य ३० जना घाइते भएका छन्। बम हमला हुँदा विद्यार्थीले परीक्षा दिइरहेका थिए। आक्रमणको कुनै समूहले लिएको छैन्।


आक्रमण भएको क्षेत्रमा अल्पसंख्यक हजराजको बाहुल्यता छ, जसलाई बारम्बार इस्लामिक स्टेट (आइएस) लडाकुले निशाना बनाइरहेका छन्। स्थानीय टिभी र सामजिक सञ्जालमा सेयर गरिएको फुटेजमा नजिकैको अस्पतालमा शवहरू भुइँमा छरपस्ट फैलिएको देखिन्छ।