भारतमा चार जनामा मङ्कीपक्सको संक्रमण

न्युजलय ११ साउन २०७९, बुधबार ११:५८ मा प्रकाशित

काठमाडौं । भारतमा चार जनामा मङ्गीपक्सको संक्रमण देखिएको छ । पछिल्लो समय दिल्लीमा मङ्गीपक्सका नयाँ संक्रमित हुन सक्ने बताइएको छ ।  

उनको एलएनजेपी अस्पतालमा उपचार भइरहेको छ । बिरामीलाई आइसोलेसन वार्डमा राखिएको छ । 

ती व्यक्तिको स्याम्पल नेसनल इन्स्टिच्युटभ अफ भायरोलोजी पूर्णमा पठाइएको छ । रिपोर्ट अहिलेसम्म आइपुगेको छैन । 

यसअघि केरलमा ३ तथा दिल्लीमा एक जनामा मङ्कीपक्स देखिएको थियो ।