अमेरिकाको इन्डियाना राज्यमो विस्फोट हुँदा तीन जनाको मृत्यु

न्युजलय २६ साउन २०७९, बिहिबार ०२:१३ मा प्रकाशित

काठमाण्डौ । अमेरिकाको इन्डियाना राज्यमा भएको  विस्फोटमा तीन जनाको मृत्यु भएको छ । 

इभान्सभिलमा भएको घटनामा ३९ वटा घर क्षतिग्रस्त भएका छन् भनेअन्य घरहरू आंशिक र पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

घटनास्थलमा विभिन्न सुरक्षा निकायका अधिकारीहरु पुगेका छन् । विष्फोट झण्डै १ सय फुटको परिधिमा भएको जनाइएको छ । के कारणले  विस्फोट भएको हो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन ।

विस्फोटका कारण उक्त क्षेत्रमा विद्युत् आपूर्तिमा समेत अवरोध उत्पन्न भएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।