काठमाण्डौ । इन्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना माछा मार्ने व्यक्ति बेपत्ता भएका छन् ।
डुंगा डुब्दा उनीहरु बेपत्ता भएका र उनीहरूको खोजी कार्य जारी रहेको इन्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन् ।
उनीहरू गएको शनिबारदेखि नै बेपत्ता रहेका र खोजी कार्य जारी रहेको उद्धार टोलीमा खटेका अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार खराब मौसम तथा हावाहुरीका कारण यहाँको आरफुरा समुन्द्रमा डुंगा पल्टिएको थियो ।
उद्धार कार्यमा खटेका अधिकारीहरूले दिएको जानकारी अनुसार उनीहरू आइतबार र सोमबार खोज्दा पनि भेटिएका छैनन् ।