मुम्बई पुलिसद्वारा २० टन खैरो हिरोइन बरामद

न्युजलय ९ असोज २०७९, आइतबार ०९:५५ मा प्रकाशित

नयाँ दिल्ली। भारतको मुम्बई पुलिसले नवा शेरा बन्दरगाहबाट २० टन भन्दा धेरै खैरो हिरोइन बरामद गरेको छ । बरामद भएको २० टन खैरो हिरोइनको मूल्य १८ सय करोड अर्थात १८ अर्ब भारतीय रुपैयाँ रहेको एनडीटीभीले जनाएको छ ।


बरामद भएको लागुपदार्थ खैरो हिरोइन विश्व विख्यात तश्कर समूह नार्को टेररको भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीको स्पेशल सेलले यसअघि १२ अर्ब भारु बराबरको लागु औषध बरामद गरिएको गिरोहसँग अनुसन्धान गर्दा २० टन खैरो हिरोइनबारे पनि संकेत पाएको थियो ।

  

नार्को टेरर ग्रुपको अफगानिस्तानमा रहेको सञ्जालले भारतबाट लागु पदार्थको अवैध ओसारपसार गर्दै आएको छ ।