काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ९१७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
यो सँगै भारतमा जम्मा सङ्क्रमितको सङ्ख्या ४ करोड ४२ लाख ६८ हजार ३ सय पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल १,१७,५०८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
मन्त्रालयको अनुसार २४ घण्टामा भाइरसका कारण ३२ जनाको मृत्यु भएको छ ।