काठमाडौं । भारतको राजधानी दिल्लीमा ‘मंकिपक्स’ भाइरसको पहिलो संक्रमित भेटिएको छ। भारतको स्वास्थ्य मन्त्रालयले दिल्लीमा यो भाइरसको पहिलो संक्रित पहिचान भएको पुष्टि भएको छ। भारतमा मंकिपक्सको यो चौथौ केस हो।
ज्वरो र घाउहरु आएपछि ३१ वर्षीय व्यक्तिलाई अस्पताल लगिएको थियो। उनैमा मंकिपक्स देखिएको हो।
विश्व स्वास्थ्य संगठनले मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेश्नल कन्सर्न’ घोषणा गरिसकेको छ। संगठनले हालसम्म ७० भन्दा बढी देशमा मंकिपक्सको संक्रमण फैलिएको जनाएको छ। हालसम्म मंकिपक्सका १६ हजार भन्दा बढी ‘केस’ पत्ता लागेको र पाँच जनाको मृत्यु भएको छ।