दक्षिण अफ्रिकाको भीषण आगलागी नियन्त्रणमा

न्युजलय २६ असार २०७९, आइतबार ०७:३९ मा प्रकाशित

पेरिस । दक्षिणी फ्रान्समा ६५० हेक्टर क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको त्यहाँको फायर सर्भिसले जनाएको छ ।


दक्षिणी गार्ड क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणमा लिन विमानको सहयोगमा ९५० जना अग्नि नियन्त्रक तैनाथ गरिएको थियो ।


अब महत्वपूर्ण चरण बितिसकेको फायर सर्भिसका प्रवक्ता लेफ्टिनेन्ट कर्नल एरिक एग्रिनियरले बताए । 

मोन्टपेलियर र भूमध्यसागरीय तटबाट ९० किलोमिटर उत्तरमा रहेको क्षेत्रमा करिब ५२० जना अग्नि नियन्त्रक जमिनमा रहेको उनले बताए। यसअघि स्थानीय प्रिफेक्टको कार्यालयले यस क्षेत्रका करिब १०० जनालाई हलिडे होम र रेष्टुरेन्टहरूमा राखिएको बताएको थियो।