कम्बोडियाको तटमा डुंगा पल्टिदा २० जना चिनियाँ बेपत्ता

न्युजलय ८ असोज २०७९, शनिवार ०७:३० मा प्रकाशित

काठमाडौं । कम्बोडियाको तटमा डुंगा पल्टिदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका छन् । ४१ जना चिनियाँ नागरिक बोकेको डुंगा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले बताएको समाचार संस्था एएफपीले जनाएको छ । 


डुंगामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको उनले जानकारी दिए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 


सिहानोकभिलको एक समय शान्त माछा मार्ने गाउँ हालैका दिनमा चिनियाँ लगानीमा दर्जनौं क्यासिनोहरू खुलेका छन् । तर त्यहाँ चिनियाँ कामदारहरूलाई अवैध रूपमा सहरमा काम गर्नको लागि तस्करी वा बेचबिखन गरिएको रिपोर्ट सार्वजनिक भएका छन् ।