काठमाण्डौ । अमेरिकाको ओहायोको बटलरका विभिन्न क्षेत्रमा भएका गोलाबारी चार जनाको मृत्यु भएको छ । प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।
डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोलाबारीमा उनीहरूको मृत्यु भएको हो । गोलाबारी चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ ।
प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ । स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग सशस्त्र हतियार रहेको बताइएको छ ।
आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए ।