श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा

न्युजलय ३१ असार २०७९, शुक्रबार ०७:०२ मा प्रकाशित

काठमाडौँ । देश छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले राजीनामा दिएका छन् ।

माल्दिभ्स हुँदै सिंगापुर उडेका गोटाबायाले उतैबाट सभामुखलाई इमेल पठाएर बिहीवार राजीनामा दिएका हुन् ।

श्रीलंका आर्थिक रूपमा टाट पल्टिएपछि त्यहाँ हजारौँ प्रदर्शनकारीले गोटाबायाको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए भने राष्ट्रपतिको निजी निवाससमेत कब्जा गरेका थिए ।

राजापाक्षको राजीनामाको खबर आएपछि प्रदर्शनकारीहरुले श्रीलंकामा खुसीयाली मनाउन थालेका छन् । गोटाबाया भागेपछि प्रधानमन्त्री रनिल बिक्रमासिंघेले कार्यवाहक राष्ट्रपतिको रुपमा काम गर्दै आएका छन् । प्रदर्शनकारीले उनको पनि राजीनामा माग गरेका छन् ।