जापानमा बाँदरले मान्छेलाई हमला गर्न थालेपछि गोली हानेर मारिदै

न्युजलय १२ साउन २०७९, बिहिबार ०७:४६ मा प्रकाशित

काठमाडौं । जापानी सहरका बासिन्दाहरूलाई आतंकित गर्ने बाँदरहरूको गिरोहमाथि गोली प्रहार गर्न थालिएको छ । बाँदरको समूहले झण्डै ५० जनालाई घाइते बनाएको थियो । 

 

करिब ३ साताअघि वयस्क र बालबालिकामाथि आक्रमण सुरु भएदेखि अधिकारीहरूले बाँदरको शिकार गरिरहेका छन् । बाँदरले हल्का चिर्तोनेदेखि टोक्नेसम्म गरेका छन् । 

 

सुरुमा केटाकेटी र महिलालाई मात्र आक्रमण हुने गरेकोमा बाँदरले पछिल्ला दिनमा वृद्ध र वयस्क पुरुषहरूलाई पनि निशाना बनाएको प्राप्त विवरणमा जनाइएको छ ।