भारतीय वायु सेनाले प्रयोगमा ल्यायो ‘प्रचण्ड’

न्युजलय १७ असोज २०७९, सोमबार ०८:३८ मा प्रकाशित

काठमाडौं । भारतीय वायु सेनाले सोमवार हल्का लडाकु हेलिकप्टर प्रयोगमा ल्याएको छ। यो लडाकु हेलिकप्टर भारतमा नै बनाइएको हो ।

 

रक्षा मन्त्री राजनाथ सिंहले यस लडाकु हेलिकप्टरको नाम ‘प्रचण्ड’ राखेका छन्।


जोधपुर एयरबेसमा रक्षा मन्त्रीको उपस्थितिमा यो हेलिकप्टर वायु सेनामा सामेल भयो। एलसीएच हेलिकप्टर वायुसेनालाई हस्तान्तरणअघि सर्वधर्म प्रार्थना भएको थियो।


यस कार्यक्रमपछि रक्षा मन्त्री राजनाथ सिंहले प्रचण्डमा सवार भएर यात्रा गरे। रक्षा मन्त्री सिंहले प्रचण्डको एक भिडिओ पनि सेयर गरेका छन्।  


हिन्दुस्तान एयरोनटिक्स लिमिटेडले यो हल्का लडाकु हेलिकप्टर बनाएको हो। करिब १८८५ करोड भारतीय रुपैयाँको लागतमा १५ एलसीएच हेलिकप्टर सेनामा सामेल हुनेछन्। यिनमा १० वटा हेलिकप्टर सोमवारमा वायु सेनामा सामेल भए।