लखनऊमा पर्खाल भत्किँदा नौ जनाको मृत्यु

न्युजलय ३१ भदौ २०७९, शुक्रबार ११:०१ मा प्रकाशित

काठमाण्डौ । भारतको लखनउमा भारी वर्षाका कारण निर्माणाधीन एक घरको पर्खाल भत्कँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ। 

शुक्रवार बिहान भएको घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबैलाई अस्पताल लगिएको बताइएको छ।

अहिले घटनास्थलमा प्रशासनिक अधिकारी तथा राहतकर्मी पुगेका छन् । भारी वर्षाका कारण यो दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका आफन्तलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उत्तर भारतका कैयौँ राज्यमा लागातार भारी वर्षा भइरहेको छ ।