अफगानिस्तानमा १५ सय बालबालिकालाई झाडापखाला

न्युजलय २५ साउन २०७९, बुधबार ०८:५९ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानको उत्तरपूर्वमा रहेको टखर प्रान्तमा झाडा पखालाबाट एक हजार ५०० बालबालिका बिरामी भएको जनाइएको छ । पछिल्लो एक हप्तामा उक्त प्रान्तमा अत्यधिक झाडा पखालाका बिरामी भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । 


सरकारी अधिकारीहरुले रोग नियन्त्रणका लागि प्रयास गरिरहेको जानकारी दिएका छन् । 


गर्मी मौसम, प्रदूषित पिउने पानी, स्वास्थ्य सतर्कताको अभावलगायतका कारणले झाडा पखाला फैलिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।