भारतमा थपिए झन्डै १६ हजार कोरोना संक्रमित

न्युजलय २८ साउन २०७९, शनिवार ०३:१५ मा प्रकाशित

काठमाण्डौ ।  भारतमा कोरोना भाइरसबाट झन्डै १६ हजार नयाँ संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ संक्रमित भएका हुन् ।

मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या भने २० हजार १८ रहेको जानकारी दिएका छन् ।

एउटै समयमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या धेरै रहेकाले सक्रिय संक्रमितहरूको संख्या घट्दै गएको छ ।

यस्तै, कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको संख्या पाँच लाख २६ हजार ९९६ पुगेको मन्त्रालयले जनाएको छ ।