एजेन्सी । उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा मिसाइल प्रहार गरेको हो ।
यस अगाडि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो । जापान सरकारले यस क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ ।
मिसाइल प्रशान्त महसागरमा खसेपनि त्यसको असर जापानी भूमिमा देखिने सम्भावाना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उत्तर कोरियाको मिसाइल आएपछि जापानले सुरक्षा परिषद्को बैठकसमेत बोलाएको छ । जापान, अमेरिका र दक्षिण कोरियाले गत साता त्रिपक्षीय सैन्य अभ्यास गरेका थिए ।