अमेरिकामा मंकीपक्सबाट पहिलोपटक एक जनाको मृत्यु

न्युजलय २८ भदौ २०७९, मङ्गलबार ०२:२५ मा प्रकाशित

काठमाण्डौ । संयुक्त राज्य अमेरिकामा मंकीपक्स संक्रमणबाट पहिलो पटक मृत्यु भएको पुष्टि भएको छ । पीडितको मृत्यु मंकीपक्स संक्रमणबाट भएको अमेरिकी रोग नियन्त्रण तथा उन्मुलन केन्द्रले पुष्टि गरेको छ ।

विरामीलाई अस्पतालमा उपचार गरिएको र उनको प्रतिरोध क्षमता कमजोर रहेको थियो । अधिकारीहरूले मृत्युको बारेमा कुनै अन्य जानकारी सार्वजनिक गरिने छैन ।

लस एन्जलस काउन्टी अफ पब्लिक हेल्थ विभागले पोस्टमार्टम रिपोर्टबाट मृत्युको पुष्टि भएको जनाएको छ ।

अमेरिकामा मंकी पक्सका कारण मृत्यु भएको यो पहिलो पुष्टि हो ।