काठमाडौं । पोल्याण्डबाट बोसनिया जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। शनिबार भएको दुर्घटनामा ३२ जना घाइते भएको र १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
सेन्ट जोसेप क्याथोलिक ग्रुपको ‘ब्रदर्रहुड’ समूहले आयोजना गरेको धार्मिक यात्रामा तीन जना पादरी र ६ जना ननहरु पनि थिए। उनीहरु बोसनियामा रहेको क्याथोलिक पवित्रस्थल मेजुगोर्जे जाँदै थिए। बसमा यात्रा गर्ने सबैजना पोल्याण्डका नागरिक थिए।
शुक्रबार राति पोल्याण्डको चेकतोचोवाबाट बस निस्किएको थियो। चेग्रेब शहरमा पुगेपछि बस दुर्घटना भएको हो। दुर्घटनाको कारण सार्वजनिक भएको छैन। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।