विश्वकै धनीहरुको सम्पत्ती अर्बौं डलरले घट्यो

न्युजलय १९ असार २०७९, आइतबार ०८:३२ मा प्रकाशित

काठमाडौ । सेयरबजारमा आइरहेको लगातारको गिरावटले ठूलासाना लगानीकर्तालाई मात्रै होइन ठूला ठूला अर्बपतिलाई नै नोक्सानी पुर्‍याएको छ । संसारकै धनी इलोन मस्कको सम्पत्तिमा भारी गिरावट आएको छ । इलोन मस्कले करिब ६० अर्ब डलर घटेको छ । तर भारतका दुई अर्बपति अदानी–अम्बानीले भने यस्तो स्थिति देख्नुपरेको छैन ।

ब्लुम्बर्ग सूचकांकअनुसार मस्कको कुल सम्पत्ति सुरुवाती छ महिनामा घटेर २ खर्ब १० अर्ब डलरमा झरेको छ । यो छ महिनामा उनले ५९ अर्ब ९० करोड डलर गुमाएका छन् । विश्वकै दोस्रा ठूला अर्बपति जेफ बेजोसको सम्पत्ति पनि अहिले घटेर १ खर्ब ३३ अर्ब डलर रहनपुगेको छ। उनको सम्पत्तिमा छ महिनामा ५९ अर्ब ३० करोड डलरको गिरावट आएको छ । 

यो वर्षको छ महिनामा फेसबुकका मार्क जुकरबर्गको कुल सम्पत्ति ५९ अर्ब तीन करोड डलर छ । यो अवधिमा उनको ६५ अर्ब ९० करोड डलर गिरावट आएको छ । यो कुलमध्ये आधाभन्दा बढी गिरावट हो । अहिले त उनी विश्वका १० ठूला धनीको सूचीबाट बाहिरिइसकेका छन् । उनी १७औँ स्थानमा पुगेका छन् ।