काठमाडौ । राष्ट्रपतिले राजिनामा दिएपनि श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी रहेपछि सरकारले बल प्रयोग र धरपकड थालेको छ ।
सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालय बाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइ लागेका हुन् ।
ेपूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको शपथ लिएका थिए । ६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघे जनतामाझ अलोकप्रिय व्यक्तिको रूपमा हेरिन्छन् । उनले प्रदर्शनकारी विरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएपछि विरोध प्रदर्शन केही मत्थर भएको छ ।