भारतमा पटाका गोदाममा विस्फोट हुँदा ६ को मृत्यु

न्युजलय ३ कार्तिक २०७९, बिहिबार ०३:३७ मा प्रकाशित

काठमाण्डौ । भारतको मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​ 

पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो । बिस्फोटले पुरा घर नै ध्वस्त भएको छ । भग्नावशेषमा थप मानिसहरु दबिएको आशंका गरिएको छ ।

विस्फोटको सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थलतर्फ गएको बीबीसी हिन्दीले बताएको छ ।