किन्डरगार्टनमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु

न्युजलय १८ साउन २०७९, बुधबार ०२:३८ मा प्रकाशित

काठमाण्डौ ।  दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टनमा बुधबार चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । 

स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टनमा उक्त हमला भएको थियो । चक्कु प्रहारबाट अन्य ६ जना घाइते भएका छन् । 

४८ वर्षीय संदिग्ध फरार छन् ।  संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ ।