पाकिस्तानको बाढीमा परी थप १५ जनाको मृत्यु

न्युजलय ४ असोज २०७९, मङ्गलबार १२:०४ मा प्रकाशित

काठमाण्डौ । पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

बाढीमा ज्यान गुमाउने मध्येमा १ शिशु र ३ जना महिला छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सोमवार राति सार्वजनिक गरेको विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीसम्बन्धी घटनामा १ हजार ५५९ जनाको मृत्यु भएको छ ।

बाढीजन्य भवितव्यमा परी १२ हजार ८५० जना घाइते भएका छन् । 

देशभर परेको भीषण वर्षा र त्यसपछिको बाढीले १९ लाख ७९ हजार घर ध्वस्त भएका तथा ९ लाख ७३ हजार ६३२ चौपाया मरेका छन् । बाढीले १२ हजार ७१६ किलोमिटर सडक र ३७४ वटा पुलमा क्षति भएको छ ।