एकपछि अर्को गर्दै लालू यादवको घोटालाको फाइल खुल्दै

न्युजलय ९ भदौ २०७९, बिहिबार ०६:४७ मा प्रकाशित

काठमाडौ । भारतको बिहारमा लामो समय मुख्यमन्त्री भएका लालू यादव पछिल्लो समय विभिन्न घोटालामा मुछिँदै आएका छन् ।

विभिन्न आरोपमा दोषी ठहर भई जेल सजाय समेत भोगेका लालू यादव मुछिएको अर्को घोटाला ‘रोजगारीको सट्टामा जमिन’को बारेमा खुलासा भएको छ । भारतीय अनुसन्धान एजेन्सी सीबीआईले बुधवार बिहार, दिल्ली र हरियाणाका २५ ठाउँमा छापा मारेर प्रमाण संकलन गरेको छ ।

यादव रेलमन्त्री हुँदा पटनाका १२ जनालाई रोजगारी दिएर उनीहरूबाट आफ्नो परिवारका नाममा जग्गा दर्ता गराएको आरोप छ । तर लालू आवद्ध पार्टी आरजेडीले भने भारतीय जनता पार्टी नेतृत्वको सरकारले प्रतिशोध साध्न छानबिन गरिरहेको आरोप लगाएको छ । हालै बिहार विधान सभामा नीतीश कुमार र तेजस्ती यादवको गठबन्धन बनेर सरकार बनेको छ ।