ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमण, १८ जनाको मृत्यु

न्युजलय १७ असार २०७९, शुक्रबार ०३:०८ मा प्रकाशित

काठमाडौँ । रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा मिसाइल प्रहार गरेसँगै १८ जनाको मृत्यु भएको छ । 

ओडेसाको सेरहियिभका गाँउमा बिहीबार राति भएको मिसाइल आक्रमणका कारण १८ जानले ज्याने गुमाएको र ३० जना घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी गराएका छन् । 

गाँउको रिक्रिएसन सेन्टरमा भएको अर्को मिसाइल आक्रमणका कारण २ जनाको मृत्यु भएको छ । विगत केही दिनमा रुसले यूक्रेनका सहरहरुमा दर्जनौँ मिसाइल प्रहार गरिसकेको छ ।