इन्डोनेसियामा पहिरो, ६ जनाको मृत्यु

न्युजलय ११ असोज २०७९, मङ्गलबार ०८:४९ मा प्रकाशित

जाकार्ता । इन्डोनेसियामा पहिरोमा परी मङ्गलबार कम्तीमा छ जनाको मृत्यु भएको छ । परम्परागत सुन खानीमा गएको पहिरोमा तीन जना हराइरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।


देशको दक्षिणी कालिमान्तान प्रान्तमा भएको घटनामा परी हराइरहेकाहरूको खोजी भइरहेको समाचारमा जनाइएको छ । खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा, स्वयम्‌सेवक लगायत परिचालित छन् ।

 

मृत्यु भएका र डराईरहेका सबै जना खानीका मजदुर नै रहेको खोजी तथा उद्धार कार्यमा खटिएकाहरूलाई बताएका छन् ।

 

घटनास्थल निकै दुर्गम क्षेत्रमा पर्ने भएकाले थप विवरण आउन बाँकी नै रहेको पनि ती सरकारी अधिकारीले जानकारी दिएका छन् ।