काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री बनेको ४५ दिनमै बिहीबार प्रधानमन्त्री ट्रसले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ।
आफू जुन म्यान्डेटका साथ प्रधानमन्त्री बनेको हो त्यो पूरा गर्न नसक्ने भएपछि आफूले राजीनामा दिएको प्रधानमन्त्री ट्रसले बताएकी छन्। बिहीबार पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएकी हुन्।
आफूले कन्जर्भेटिभ पार्टीको प्रमुखबाट पनि राजीनामा दिने उनले बताएकी छन्। यसबारेमा राजा चार्ल्सलाई पनि जानकारी गराइसकेको उनले बताइन्। यद्यपि, उनी नयाँ प्रधानमन्त्री चयन नभएसम्मका लागि पदमा रहनेछिन्।
उनी केवल ४५ दिन प्रधानमन्त्री पदमा रहिन्। यो बेलायती प्रधानमन्त्रीको अहिलेसम्मकै सबैभन्दा छोटो कार्यकाल हो।