भारतको नोएडास्थित बहुचर्चित ट्विन टावर ध्वस्त पारिँदै

न्युजलय १२ भदौ २०७९, आइतबार ११:११ मा प्रकाशित

काठमाण्डौ । भारतको नोएडास्थित बहुचर्चित ट्विन टावर आइतबार (आज) दिउँसो भत्काइँदैछ । 

विवादित ३० तले ती भवन भत्काइने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यी दुईवटा भवन भत्काउन १२ सेकेण्ड समय लाग्ने भनिएको छ । 

समाचार एजेन्सी एएनआईका अनुसार रियल एस्टेट कम्पनी सुपरटेकका यी भवन भत्काउनुअघि त्यहाँ क्रेन पुगिसकेका छन् । स्थानीय प्रहरी सो क्षेत्र खाली गराउन लागिपरेको छ । 

एपेक्स र केएन नामक टावर सुपरटेक बिल्डरले बनाएका थिए । यी भवनलाई ट्विन टावर भनिने गरिन्छ । भवनको उचाइ ३२० फिट भन्दा धेरै छ । यी भवन भारतमा भत्काइएका सबैभन्दा ठूला भवन हुनेछन् ।

यीनलाई भत्काउन करिब ३ हजार ७ सय किलो विस्फोटक पदार्थको प्रयोग गर्ने तयारी छ ।