बिल गेट्सले दुई हजार मिलियन डलर दान गर्ने

न्युजलय ३१ असार २०७९, शुक्रबार ०८:२४ मा प्रकाशित

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्तिहरुमा संलग्न रहेका बिल गेट्सले दुई हजार मिलियन डलर चन्दा दिने घोषणा गरेका छन् ।


यो रकम बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनलाई दिइने बताएको छ । उक्त फाउन्डेसन परोपकारको लागि सबैभन्दा ठूलो खर्च गर्ने संस्थाहरू मध्ये एक हो।


यसले कोरोना महामारी र युक्रेन युद्ध लगायतका विश्वव्यापी चुनौतिहरुको सामना गर्न आफ्नो वार्षिक खर्च बढाइरहेको छ ।


माइक्रोसफ्टका सह(संस्थापक बिल गेट्सले भने, “म आफ्नो सम्पूर्ण सम्पत्ति फाउन्डेसनलाई दान गर्न चाहन्छु। म केवल आफ्नो र मेरो परिवारको लागि पैसा राख्न चाहन्छु। मेरो नाम सधैं संसारका धनीहरूको सूचीमा रहिरहोस् भन्ने मेरो मनसाय होइन। भविष्यमा मेरो नाम उक्त लिस्टबाट कम पनि हुनेछ। अन्ततः म यो सूचीबाट बाहिर हुनेछु।’


बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले सन् २०२६ सम्ममा आफ्नो बार्षिक खर्चलाई ९०० मिलियन डलरसम्म पुर्याउन चाहान्छन् ।