अष्ट्रेलियामा गोली चल्दा ३ जनाको मृत्यु

न्युजलय १९ साउन २०७९, बिहिबार ०२:०६ मा प्रकाशित

काठमाण्डौ ।  उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहीबार(आज) बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईबस्तु फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् ।

क्वीन्सल्याण्ड पुलिसले ‘हत्यारा’ को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ । घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ ।