लखनऊको एक होटलमा आगलागी हुँदा २ जनाको मृत्यु, २४ जना घाइते

न्युजलय २० भदौ २०७९, सोमबार ०२:१७ मा प्रकाशित

काठमाण्डौ । भारतको लखनऊमा एक होटलमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

सोमबार(आज) बिहान हजरगन्जस्थित होटल लेभानामा आगलागी हुँदा दुईजनाको मृत्यु र दर्जनौं घाइते भएको भारतीय मिडियामा समाचार छ।

आगलागीका क्रममा केही मानिसहरुलाई झ्यालबाट बाहिर निकालिएको थियो।

दुर्घटनाको कारण एकिन नभएपनि विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ।

होटल संचालकले पहिलो तल्लामा ब्याक्वेट हल रहेको बताएका छन्।

आगलागीमा घाइते भएका झन्डै दुई दर्जन मानिसलाई श्यामाप्रसाद मुखर्जी अस्पताल लगिएको बताइएको छ।